काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ कात्तिक मसान्तसम्म ४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
असोज मसान्तसम्म ४ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले कात्तिकमा भने खुद नोक्सानी कम गरेको हो । कात्तिकमा प्राप्त भइसकेको आम्दानी बढेकाले योजनाको खुद नोक्सानी घट्न सहयोग मिलेको हो । असोज मसान्तसम्म २ करोड ७२ लाख रुपैयाँभन्दा बढी प्राप्त भइसकेको आम्दानी रहेकोमा कात्तिक मसान्तसम्म ३ करोड ५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
प्रतिइकाई खुद मूल्यमा भने कुनै परिवर्तन आएको छैन । असोज मसान्तसम्म ९ रुपैयाँ २१ पैसा रहेको योजनाको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तसम्म ९ रुपैयाँ २१ पैसा नै कायम भएको छ ।
कात्तिक मसान्तसम्म योजनाले धितोपत्र दलाल कमिसनसहित सूचीकृत तथा सूचीकृत नभएका धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब १ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ ।
योजनाको धितोपत्रमा भएको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम छ । कात्तिक मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य ७६ करोड ४० लाख रुपैयाँभन्दा बढी छ ।
यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । यो योजना २०८५ साउन ६ गते परिपक्क हुनेछ ।