काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट शुक्रवार हुने भएको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार प्रि-अलोटमेन्ट आज सम्पन्न भएमा आगामी शुक्रवार आईपीओ बाँडफाँट हुने जनाएको हो ।
प्रि-अलोटमेन्ट आज सम्पन्न नभएमा भोलि प्रि-अलोटमेन्टको काम सम्पन्न गरी आगामी आइतवार आईपीओ बाँडफाँट हुने क्यापिटलले जनाएको छ । यस कम्पनीको आईपीओ जम्मा १ लाख ८४ हजार ५ सय आवेदकले १० कित्ताका दरले पाउनेछन् । यस आधारमा १७ लाख १६ हजारभन्दा बढीको हात खाली हुने भएको छ ।
कम्पनीले फागुन ११ देखि १५ गतेसम्म निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्मा मागभन्दा १३ दशमलव २७ गुणा बढी आवेदन परेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा १९ लाख ९७७ जना आवेदकले रू. २ अर्ब ४४ करोड ८३ लाख २२ हजार बराबरको आवेदन दिएका हुन् ।
कम्पनीले फागुन ११ देखि फागुन १५ गतेसम्म १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।