काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरेको एफपीओमा सोमवारसम्ममा १० लाख ९९ हजार ७९७ जनाले आवेदन दिएका छन् । यो मागभन्दा ७१ दशमलव २५ गुणा बढी आवेदन हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार ५ः०६ बजेसम्ममा १० लाख ९९ हजार ७९७ जना आवेदकले १ करोड ३९ लाख ४९ हजार ३५० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आइतवारदेखि १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो । यस एफपीओमा आवेदकले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यस एफपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।