काठमाडौं । मंगलवार नेप्से परिसूचक १ दशमलव ०५ प्रतिशत घटेको छ । यससँगै परिसूचक २ हजार ८४६ दशमलव ३० कायम भएको हो ।
लगातार ९ कारोबार दिनमा २११ दशमलव ७८ अंक बढेको बजार हिजो (सोमवार) १३ दशलमव ६२ अंक घटेको थियो ।
आज बजार घट्दा कारोबार रकमसमेत घटेको छ । अघिल्लो कारोबार दिन रू. १४ अर्ब २८ करोड बराबरको कारोबार भएकोमा आज रू. १२ अर्ब ९४ करोडमा झरेको छ ।
कारोबारीहरूले प्रोफिट बुक गर्दा बजार प्रभावित भएको हो । जसका कारण मंगलवार बजार घटेको जानकार बताउँछन् । करेक्सनपछि बजार थप बलियो भएर अघि बढ्न सक्ने उनीहरूको भनाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव १० प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ०३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ प्रतिशत घटेको छ ।
आज ३१८ धितोपत्रको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर १ लाख २२ हजार ३३६ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३८२ पुगेको हो ।
शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ६६ प्रतिशत बढेर रू. ५ हजार ९१ कायम भएको छ ।
मंगलवार सिन्धु विकास बैंकका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २३३ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) दोस्रोमा श्रृजनशिल लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ९ प्रतिशत घटेर रू. २ हजार ३५५ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १ अर्ब ९ करोडभन्दा बढीको भएको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १२४ दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीको रू. ६४ करोड २५ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशलमव २१ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको सूचक २ दशमलव १० प्रतिशत र लगानी समूहको सूचक १ दशलमव ७५ प्रतिशत घटेको छ ।