काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ देखि निष्कासन गरेको एफपीओमा माग भन्दा ९६ दशमलव ७३ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलवार ५ः७ बजे सम्ममा १५ लाख ४ हजार ४५५ जना आवेदकले १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन दिएका हुन ।
कम्पनीले फागुन १८ गते देखि १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो । यस एफपीओम आवेदकले भोलि अर्थात फागुन २१ गते सम्म आवेदन दिन सक्नेछन् ।
यस एफपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर एप मार्फत सजिलै आवेदन दिन सक्नेछन् ।