काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३३ लाख ७७ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ७५ लाख ८२ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम हुँदा नाफामा असर परेको हो । गत वर्ष १ करोड ५५ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ४३ लाख ९३ हजार रूपैयाँ मात्र खराब कर्जा संकलन गरको हो ।
सम्भावित जोखिम शिर्षकमा यस वर्ष गत वर्षभन्दा कम रकम छुट्याएको छ । गत वर्ष १ करोड ७४ लाख रूपैयाँभन्दा बढी सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष भने यो शिर्षकमा ६९ लाख ९३ हजार रूपैयाँ मात्र छुट्याएको छ ।
हाल कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम १ करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको छ । कर्जा सापटी गत वर्ष २२ करोड ३५ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २३ करोड २ लाख ८८ हजार रूपैयाँ रहेको छ ।
पहिलो त्रैमाससम्म १३ करोड ७२ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३९ करोड ५८ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ७८ प्रतिशत रहेकोमा यस वर्ष बढेर ८ दशमलव ५९ प्रतिशत कायम भएको छ । १४ रूपैयाँ ७८ पैसा वार्षिक प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७४ रूपैयाँ ९७ पैसा रहेको छ ।