logo
किन जगेडा कोष बढाउन चाहँदैनन् नेपालका बैंक, अधिकांश वाणिज्य बैंकको जगेडा कोष चुक्ता पूँजी भन्दा कम
बैंकिङ
किन जगेडा कोष बढाउन चाहँदैनन् नेपालका बैंक, अधिकांश वाणिज्य बैंकको जगेडा कोष चुक्ता पूँजी भन्दा कम
७ चैत्र २०८०

काठमाडौं  । भारतको ठूलो बैंकमध्ये पर्ने आईसीआईसीआई बैंकको चुक्ता पूँजी १३ अर्ब ९६ करोड भारतीय रुपैयाँ रहेको छ भने कम्पनीले आफ्नो जगेडा कोषमा १९ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ सञ्चित गरेको छ । त्यस्तै, स्टेट बैंक अफ इण्डियाको चुक्ता पूँजी रू. ८ अर्ब ९२ करोड भारतीय रुपैयाँ रहेको छ भने यस बैंकले जगेडा कोषमा ३२ खर्ब ६७ अर्ब भारतीय रुपैयाँ सञ्चित गरेको छ । पञ्जाब नेशनल बैंकको चुक्ता पूँजी २२ अर्ब २ करोड भारतीय रुपैयाँ रहेको छ भने यस बैंकले जगेडा कोषमा ९ खर्ब ७६ अर्ब भारतीय रुपैयाँ सञ्चित गरेको छ । 

नेपालमा भने केही बैंकको बाहेक धेरैको जगेडा कोष चुक्ता पूँजी भन्दा कम रहेको देखिन्छ । नेपालमा नियामक निकायहरूले चुक्ता पूँजीलाई नै बढी प्राथमिकतामा राख्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको जगेडा कोष चुक्ता पूँजीको तुलनामा कमजोर देखिन्छ । 

नेपालमा चुक्ता पूँजीलाई मात्र बढाउन प्रेरित गरिरहँदा कम्पनीको जगेडा कोषलाई बढाउनु आवश्यक रहेको जानकारहरू बताउँछन् । छिमेकी मुलुक भारतका नियामक निकायहरूले बैंक तथा बीमा कम्पनीहरूलाई चुक्ता पूँजीभन्दा पनि जगेडा कोष सञ्चिति (रिजर्भ) लाई बलियो बनाउन निर्देशन दिएको पाइन्छ । 

नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी चुक्ता पूँजी रू. ३६ अर्ब १२ करोड रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा रू. २० अर्ब ७३ करोड सञ्चित छ । त्यस्तै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी जगेडा कोष रहेको राष्ट्रिय वाणिज्य बैंकले दोस्रो त्रैमाससम्ममा रू. ३७ अर्ब ६४ करोड भन्दा बढी सञ्चित गरेको छ । त्यस्तै नबिल बैंकको जगेडा कोषमा रू. २८ अर्ब २५ करोड र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. २४ अर्ब १२ करोड सञ्चित गरेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.