काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सोमवार (भोलि) हुने भएको छ । सभा सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल प्रालिमा भोलि बिहान ११ बजे शुरु हुनेछ ।
सभाले सर्वसाधारणलाई साधारण शेयर(आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । आईपीओ निष्कासन गर्ने क्रममा आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।