चितवन। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ जिल्ला शाखा चितवनको अध्यक्षमा विष्णुप्रसाद लामिछाने चयन भएका छन् । क्यान चितवनको १९औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनमार्फत लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
समितिको उपाध्यक्षमा रुपक नेपाल, सचिवमा इन्जिनियर कृष्ण पोखरेल, कोषाध्यक्षमा अशिम ढुंगाना र सहसचिवमा अनिता भुसाल चयन भएका छन् । यस्तै सदस्यमा प्रदिप महतो, दिनेश पण्डित, जेबी थापा, निरन्जन आचार्य र जानकी शर्मा चयन भएको क्यान चितवनका निवर्तमान अध्यक्ष टेकलाल भुसालले जानकारी दिए ।