काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
सभाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक शेयरधनीको तर्फबाट दुई र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।