काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा साउन ३१ गते गर्ने भएको छ ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा साउन ३१ गते गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन २१ गते देखि ३१ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।