काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लामो समयदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा भएको छ ।
आईपीओ सूचीकृत भएकै दिन २०७७ असोज ८ गतेदेखि कम्पनीको शेयर रोक्का थियो । अब कम्पनीका शेयरधनीले ३३ महीनापछि शेयर कारोबार गर्न पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले नेप्सेलाई कम्पनीको आधारभूत शेयरधनीहरूको बाहेक अन्य शेयर कारोबार खोलिदिन पत्र लेखेको थियो ।
सोही पत्रबमोजिम नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । स्टक सिम्बोल एसएएमएजे रहेको छ । पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रू. ६७ दशमलव १४ देखि २०१ दशमलव ४२ रुपैयाँ तोकेको छ । सोही आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर भाडिएसँगै कम्पनीको शेयर कारोबार लामो समयदेखि रोक्का थियो ।
कम्पनीले २०७७ भदौ ४ देखि ८ गतेसम्म ८० हजार ७ सय कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
कम्पनीको शेयर ८ हजार ७० जना सर्वसाधारण शेयरधनीले १० कित्ताको दरले शेयर पाएका थिए ।