काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकमममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ६ दशमलव ३७ अंक बढेर २ हजार १२१ दशमलव ६२ विन्दुमा पुगेको छ । आजसँगै नेप्से परिसूचक तीन कारोबार दिन बढेको हो । तीन कारोवार दिनमा नेप्से ४८ दशमलव ४२ अंक बढेको छ ।
मंगलवार रू. ५ अर्ब ५५ करोड बराबरको कारोबार भएकोमा आज बढेर रू.५ अर्ब ८९ करोड पुगेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४४ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ३६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
३१२ धितोपत्रको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ पटकमा रू. ५ अर्ब ८९ करोड भन्दा बढीको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । समृद्धि फाइनान्स र मिडसोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । समृद्धि फाइनान्सको शेयर मूल्य रू. ३९६ र मिड सोलु हाइड्रोपावरको रू. ७७० पुगेको छ ।
बुधवार सबैभन्दा बढी सयपत्रि हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५३३ मा झरेको हो । त्यस्तै दोस्रोमा इष्टर्न हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव ४६ प्रतिशत घटेर रू. ५७९ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू.२७ करोड ६३ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू.६९४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिइडिबी हाइड्रोपावर कम्पनीको रू. २४ करोड ४८ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी वित्त समूहको सूचक १ दशमलव ०७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै घट्नेमा हाइड्रोपावर समूहको शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।