आर्थिक वर्ष २०७४/७५ को चौथो वित्तीय विवरण सार्वजनिक गरेका ३६ कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ दशमलव ८४ प्रतिशत बढेको छ । अघिल्लो आवमा यी कम्पनीको नाफा रू. ३ अर्ब ६८ करोड थियो भने गत आवको चौथो त्रैमासमा बढेर रू. ४ अर्ब ५ करोड पुगेको छ । यीमध्ये २२ कम्पनीको नाफा बढेको छ भने १४ कम्पनीको नाफा घटेको देखिन्छ । सबैभन्दा बढी प्रतिशत नाफा आर्जन गर्ने आरम्भ माइक्रोफाइनान्सको नाफा २ सय २४ प्रतिशत बढेको छ ।