काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र ब्लुबर्ड इन्टरनेशनल क्लिनिकको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड मलमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविर गत शनिवार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो ।
उक्त शिविरमा रक्तचाप र सुगरको नि:शुल्क चेकजाँच गरिएको छ । शिविरमा थाइराइड फंक्शन टेस्टमा ५०० रुपैयाँ (५५% छूट) दिइएको थियो । यस्तै, सम्पूर्ण शरीर परीक्षण प्याकेजमा ५०% छूट दिइएको थियो ।