काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार संस्थापक शेयर विक्रीमा ल्याएका छन् ।
लक्ष्मी सनराइज बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।
लक्ष्मी सनराइज बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय लक्ष्मी कम्प्लेक्स, हात्तीसार, काठमाडौं र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको कार्यालय, थापाथली, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
यी शेयर विक्री नभएमा दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने कम्पनीहरूले जानकारी दिएका छन् ।