काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा बिहीवार सम्पन्न भएको छ । ्
सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ ।
साथै सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।