काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।