काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले प्रदान गर्ने मर्चेन्ट बैंकिङसम्बन्धी सेवा आजबाट काठमाडौंको कमलपोखरीस्थित कार्यालयबाट मात्रै दिइने भएको छ । क्यापिटलले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
‘अब उपरान्त मिति २०८० चैत १९ गते सोमवारका दिनदेखि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको काठमाडौं जिल्ला कामनपा वडा नम्बर १० बानेश्वरस्थित कार्यालयबाट भइरहेका निक्षेप सदस्य, शेयर रजिष्टार लगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सुविधा काठमाडौं जिल्ला कामनपा वडा नम्बर १ कमलपोखरीस्थित क्यापिटलका कार्यालयबाट हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
साविक लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल मार्केट मर्ज भई गत पुस २३ गतेबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नामबाट सञ्चालित छ ।
मर्ज हुनुअघि लक्ष्मी क्यापिटल मार्केटले काठमाडौंको नयाँ बानेश्वर र सन्राइज क्यापिटलले कमलपोखरीबाट निक्षेप सदस्य, शेयर रजिष्ट्रारलगायत मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएका थिए ।