काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले १६ लाख १३ हजार २०८ कित्ता जगेडा शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको छ । कम्पनीले चुक्ता हुन बाँकी २० लाख कित्ता शेयरमध्ये विद्यमान संस्थापकहरूमा विक्री भई बाँकी रहेको उल्लेखित कित्ता शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले चैत ९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि सात दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । प्रतिकित्ता २६५ रुपैयाँ तोकेर विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको कार्यालय तीनकुने, काठमाडौंमा पेश गर्नुपर्नेछ ।