काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेको संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको छ ।
कम्पनीले विनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६ हजार ४७९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी आजबाट विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।