काठमाडौं । सामलिङ्ग पावर कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड ३१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ४७ दशलमव ९८ प्रतिशतले कमी हो । सो अवधिमा कम्पनीले रू. २ करोड ५२ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. ९ करोड ९६ लाख रहेकोमा चालू आवमा रू. ८ करोड १७ लाखमा झरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि केही घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा रहेकोमा चालू आवमा ४ रुपैयाँ ३१ पैसामा झरेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ ३९ पैसा छ ।
कम्पनीको चुक्तापूँजी रू. ५० करोड छ । कम्पनीले जगेडामा रू. ५ करोड १९ लाख सञ्चिति गरेको छ ।