काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. ३ करोड ८६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २८ दशमलव ६६ प्रतिशत कमि हो । सो अवधिमा कम्पनीले रू. ५ करोड ४२ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत विक्री बापत रू. १० करोड ७७ लाख आम्दानी गरेकोमा चालू आवमा रू. ८ करोड ७१ लाखमा झरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २४ पैसा(वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ ८५ पैसा रहेको छ । चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. १५ करोड ५१ लाख सञ्चिती गरेको छ ।