काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्थासँग डिमर्ज प्रक्रिया अघि बढाएको छ । यी दुई कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता पत्रमा समेत हस्ताक्षर भइसकेको थियो ।
श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखिएकाले मानुषी लघुवित्तले मर्जर तोडेको हो । यी दुई कम्पनीबीच २०७९ चैत २ गते मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । २०८० पुस ११ गते यी कम्पनीबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
हाल १० करोड ९३ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको श्रृजनशील लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ६३ लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको छ । निष्क्रिय कर्जा यस अवधिसम्म १८ दशमलव १४ प्रतिशत कायम छ ।
मानुषी लघुविक्तको चुक्ता पूँजी भने १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मानुषी लघुवित्तले १ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको छ । यस कम्पनीको निष्क्रिय कर्जा भने दोस्रो त्रैमाससम्म ७ दशमलव ९० प्रतिशत छ ।