काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विराटनगरस्थित मानव सेवा आश्रमलार्ई सहयोग गरेको छ । घरवारविहीन, बेसाहारा, अशक्त, असहाय, अनाथ करीब १३० नागरिकलाई आश्रय दिँदै आएकोे आश्रमलाई बैंकले खाद्यान्न सामग्री लगायत अन्य आवश्यक सामग्री उपलब्ध गराएको हो ।
आश्रममा आयोजित कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित संस्थालाई सानो भए पनि सहयोग गर्न पाउनु बैंकका लागि गर्वको विषय भएको बताए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएको छ ।