काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको लक इन अवधि आज अर्थात वैशाख २ गते सकिँदै छ ।
सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता शेयर लक इनमा रहेको छ ।
सोही शेयरको लक इन अवधि आज सकिन लागेको हो । लक इन अवधि सकिएपछि यी शेयरहरु दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।