काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रभु क्यापिटलबाट सञ्चालन हुँदै आएकोमा दुई कम्पनी एकआपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारसम्बन्धी सेवा कुमारी क्यापिटलबाट हुने नेप्सेमार्फत जनाएको छ ।
अब कम्पनीको सम्पूर्ण धितोपत्रसम्बन्धी कार्यहरू कुमारी क्यापिटलबाट हुनेछन् ।