काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष करीब २ प्रतिशत कम खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी पनि कम भएको छ । गत वर्ष ७४ कराड ४० लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७३ करोड ५२ लाख रुपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ५२ करोड १७ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी यस वर्ष गत वर्षभन्दा करीब ९ प्रतिशत कम भएको छ ।
गत वर्ष ३८ करोड ४७ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी रहेकोमा यस वर्ष ३५ करोड ११ लाख रुपैयाँभन्दा बढी मात्र कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३२ पैसा छ ।