काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ७७ प्रतिशत बढेर २ हजार ८१५ दशमलव ०४ विन्दुमा पुगेको हो । आजसँगै नेप्से लगातार आठ कारोबार दिन बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव आज शेयर बजारमा परेको हो । राष्ट्र बैंकले बैंकहरूले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानीबापत छुट्याउनु पर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरेको छ । जसको सकारात्मक प्रभावले यस दिन बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी ३ दशलमव ३२ प्रतिशत वृद्धि भएको छ । बजार बढ्दा कारोबार समेत वृद्धि भएको छ ।
अघिल्लो कारोबार दिन रू. ९ अर्ब ९० करोड बराबरको कारोबार भएकोमा आज रू. ११ अर्ब ३९ करोड भन्दा बढीको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव १२ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ९६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशलमव २९ प्रतिशत वृद्धि भएको छ ।
आज ३०० धितोपत्रको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर १ लाख १२ हजार ३२ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अपर हेवा खोला हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । गार्डियन माइक्रोको शेयर मूल्य रू. १ हजार ३८ दशमलव ४० र अपर हेवाखोला हाइड्रोपावरको रू. ९९३ दशमलव ३० पुगेको छ ।
बिहीवार सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव १७ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९० मा झरेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशमलव २५ प्रतिशत घटेर रू. ४ हजार ७६० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रि इन्स्योरेन्स कम्पनीले अोगटेको छ । यस कम्पनीको रू. ९६ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २९ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुनेमा दोस्रोमा नेपाल रिइन्स्योरेन्स छ । कम्पनीको रू. ७६ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ३२ प्रतिशत वृद्धि भएको छ । त्यस्तै जलविद्युत समूहको सूचक १ दशलमव ८० प्रतिशत र विकास बैंक समूहको सूचक १ दशमलव ५३ प्रतिशत वृद्धि भएको छ ।