काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युुचुअल फण्ड १ ले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी वैशाखको तुलनामा जेठमा घटेको छ । वैशाख मसान्तमा फण्ड रू. ४ करोड ३९ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा घटेर रू. १ करोड २५ लाखमा झरेको छ ।
जेठमा फण्डले कुल रू. ५६ लाख २९ हजार आम्दानी गर्न सफल भएकाले नोक्सानी घटेको हो । वैशाख मसान्तमा फण्डको कुल आम्दानी रू. २ करोड ७५ लाख ऋणात्मक थियो ।
त्यस्तै फण्डको न्याभ पनि बढेको छ । वैशाख मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ५६ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ८ रुपैयाँ ८१ पैसा पुगेको हो ।
वैशाखको तुलनामा जेठमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । वैशाख मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ८६ करोड ७६ लाख रहेकोमा जेठ मसान्तमा बढाएर रू. ८८ करोड ७६ लाख पुर्याइएको हो ।