चैत ६, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा ३० फुट अग्लो पर्खाल बनाउन चाहेका छन् । अमेरिकको होमल्याण्ड सेक्युरिटी डिपार्टमेण्ट एजेन्सी मातहतको कष्टम एण्ड बोर्डर प्रोटेक्शन (सीबीपी) विभागले आप्mनो वेबसाइटमा पोष्ट गरेको कण्ट्र्याक्ट सूचनामा यस्तो बताइएको हो । कण्ट्याक्टमा उल्लेख भएअनुसार सिमेण्टको वा वारपार हेर्न मिल्ने पर्खाल बनाउने अनुरोध गरिएको छ ।
तर, पर्खालको जग बसाल्न जमीनमा ६ फिट गहिरो खन्नुपर्ने र पैदलयात्री र सवारीसाधन आवत जावतका लागि २५ देखि ५० फुट अग्लो अटोमेटेड गेट चाहिनेसमेत बताइएको छ । सरकारले सान डियगोमा बनाइने नमूना पर्खालका आधारमा पर्खाल बनाउने करार दिनेछ । गत महीना सीबीपीले मार्च १० सम्म पर्खालको अवधारणापत्रको डिजाइन र नमूना पेश गर्न आह्वान गरेको थियो । रासस/एपी