काठमाडौं। महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाता तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी सम्झौता भएको छ । बैंक र कन्सल्टेन्सीबीच भएको सम्झौतापश्चात् बैंकले ऋण असुली सम्बन्धी कानूनी परामर्श, तालीम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तरराष्ट्रियस्तरको सफ्टवेयरको प्रयोग गर्न सक्ने बताइएको छ । कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंकसँग बैंकिङ सबलीकरणमा सहकार्य गर्दै आएको छ । डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास बैंकको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.