काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ सर्भिसमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले नियमावलीको नियम ३२ (ग) मा संशोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त 'घ' वर्गका लघुवित्त संस्थाहरूलाई गाभ्ने।गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरीदसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने र गाभिने, प्राप्ति तथा खरीदसम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सोसम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।