काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले कविता कुमारी चौधरीको नाममा रहेको ५ हजार कित्ता र सुरल लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पेश गर्नुपर्नेछ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्री गर्न लागेको हो ।