भदौ ६, काठमाडौं । महुली लघुवित्तले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले दुर्गानन्द चौधरीको नाममा रहेको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण तथा संस्थाले सूचना प्रकाशित भएको (भदौ ६) मितिबाट सात दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण-६ महुली सप्तरीमा निवेदन दिनुपर्नेछ । यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी गराएको छ ।