काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी राधिका कार्कीको नाममा रहेको यो शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान, सुनसरीमा वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंमा पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।