काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको ९ दशमलव ५०७९ प्रतिशत बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १० लाख ५६ हजार ७३४ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट उक्त बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५००४ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ । गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनस शेयर कम्पनीले करिब ३ महिनामा दोस्रो बजारमा कारोबारयोग्य बनाएको हो ।