कठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।