काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापकतर्फको ३९ हजार १६२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
बैंकले १० हजार कित्ता संस्थापक शेयरधनीहरूका लागि र २९ हजार १६२ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूमा यसअघि विक्री खुला गर्दा वितरण हुन नसकेको २९ हजार १६२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरिएको हो ।
दुवै प्रकारको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं र बैंकको केन्द्रीय कार्यालय, महेन्द्रपथ, धरानमा आवेदन पेस गर्नुपर्नेछ ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर तोकिएको अवधिभित्र वितरण नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।