काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ३९ हजार ३१ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । यसअघि जेठ २ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिएको हो ।
कम्पनीले सोमवार (आज) सूचना जारी गर्दै इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेस गर्न सकिने जानकारी दिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र के कति शेयर खरीद गर्ने हो सोसमेत खुलाई कम्पनी सचिवको कार्यालय, जनकपुरधाममा आवेदन पेस गर्नुपर्नेछ ।