काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड ईले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ । फण्डले कात्तिक मसान्तसम्म सूचीकृत शेयरमा रू. ३५ करोड ४५ लाख लगानी गरेकोमा मङ्सिर मसान्तसम्म बढेर रू. ३८ करोड ८३ लाख पुगेको छ ।
त्यसैगरी फण्डको न्याभ भने कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा घटेको छ । कात्तिक मसान्तसम्म फण्डको न्याभ रू. ८ दशमलव ८४ रहेकोमा मङ्सिर मसान्तसम्म रू. ८ दशमलव ८० कायम भएको छ । फण्डले मङ्सिर मसान्तसम्म रू. १ करोड ९० लाख नोक्सानी व्यहोरेको छ । कात्तिक मसान्तसम्म पनि फण्ड रू. १ करोड ५८ लाख नोक्सानीमा थियो ।
यसरी हेर्दा फण्डको नोक्सानी बढेको छ । मङ्सिर महीनामा फण्डको खर्चमा वृद्धि भएको र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । कात्तिक महीनामा फण्डको जम्मा खर्च रू. ३४ लाख ५२ हजार रहेकोमा मङ्सिर मसान्तसम्म बढेर रू. ४३ लाख २३ हजार पुगेको छ । त्यसैगरी फण्डको जम्मा आम्दानी मङ्सिर मसान्तसम्म रू. १ करोड ४५ लाख ऋणात्मक रहेको छ ।