काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आज (आइतवार) बेलुका ५:३० बजे बाँडफाँट हुने जानकारी दिएको हो ।
कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ता शेयरको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणको लागि निष्कासनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ६.८० गुणा बढी हुन आउँछ । यसअनुसार २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीले साउन २८ देखि ३१ गतेसम्म २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको थियो ।