काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ४७ लाख ७५ हजार नोक्सानी व्यहोरेको छ । सो अवधिसम्ममा कम्पनीको विक्री आम्दानी रू. ३ करोड ५३ लाख छ । कम्पनीको वित्तीय खर्च रू. २ करोड रहेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो ।
रू. ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १७ करोड ५५ लाख ऋणात्मक छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ५ पैसा छ ।