फागुन १७, काठमाडौं (अस) । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । शुक्रवार टुँडिखेलमा राखिएको मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाउनुभयो ।
[caption id="attachment_322481" align="aligncenter" width="1000"]

प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्वीर : रासस[/caption]
टुँडिखेल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संघीय मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, सरकारी पदाधिकारीहरु, मृतकका परिवार, आफन्त, शुभेच्छुक लगायतले दिवंगत सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
[caption id="attachment_322485" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल । तस्वीर : रासस[/caption]
काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधवार ताप्लेजुङको दारेभीरमा हेलिकोप्टर दुर्घटनामा परी सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौं ल्याई श्रद्धाञ्जलिका लागि शुक्रवार टुँडिखेलमा राखिएको हो ।
[caption id="attachment_322486" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर : रासस[/caption]
यसैबीच नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए ।
[caption id="attachment_322480" align="aligncenter" width="1000"]

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर : रासस[/caption]
[caption id="attachment_322483" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । तस्वीर : रासस[/caption]
[caption id="attachment_322484" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । तस्वीर : रासस[/caption]
[caption id="attachment_322487" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड । तस्वीर : रासस[/caption]
[caption id="attachment_322490" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि टुँडिखेलमा । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान[/caption]
[caption id="attachment_322491" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि टुँडिखेलमा । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान[/caption]
[caption id="attachment_322492" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्न पुगेका शुभेच्छुक । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान[/caption]
[caption id="attachment_322493" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । तस्वीर : प्रदीपकुमार श्रेष्ठ आर्थिक अभियान[/caption]
[caption id="attachment_322494" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्न पुगेका आफन्तजन । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान[/caption]
[caption id="attachment_322495" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान[/caption]

[caption id="attachment_322497" align="aligncenter" width="1000"]

ताप्लेजुङमा गत बुधवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रवार काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान[/caption]
तस्वीरहरु : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान