काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा थापागाउँ ब्याक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन अथवा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण आवश्यक कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।