काठमाडौं । मोदी इनर्जी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी तेस्रो त्रैमाससम्ममा रू. २६ करोड १९ लाख घाटामा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा पनि कम्पनी रू.३८ करोड ६५ लाख घाटामा थियो ।
यस आधारमा कम्पनीको घाटा गत वर्ष भन्दा यस वर्ष केही घटेको छ । चालू आवमा कम्पनीको वित्तीय लागत घटेकाले घाटा कम गएको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू ३९ करोड ८ लाख रहेकोमा चालू आवमा रू. २९ करोड ९७ लाख कायम भएको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४ दशलमव ५१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. २६ करोड ७४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २७ करोड ९५ लाख पुगेको हो ।
चुक्ता पूँजी रू.२ अर्ब ९० करोड रहेको कम्पनीको जगेडा कोष तेस्रो त्रैमाससम्ममा रू. ९८ करोड २८ लाख ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँ ४ पैसा ऋणात्मक छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६६ दशमलव ११ रहेको छ ।