काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको आधारमा १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । उक्त बोनस शेयरमा लाग्ने कर बापतको रकम भने शेयरधनी स्वयंले बेहोर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणले पारित गरेपछि मात्र वितरण हुनेछ ।
जीवन बीमा क्षेत्रकै बिग मर्जरको रूपमा गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफले वैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । गत वैशाख २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले माघ १ गते अन्तिम सम्झौतासमेत गरिसकेका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.