काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर धितोपत्रको दोस्रो बजारमा भोलि (बिहीवार)देखि कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ७६ दशमलव ८१ देखि २३० दशमलव ४३ ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जका आधारमा भोलि कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरू वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई निष्कासन गरेको १४ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५६ लाख कित्ता गरेर कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल एमकेसिएल छ । शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।