काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओले रू. ७६ दशमलव ८१ देखि २३० दशमलव ४३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ८१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।
कम्पनीको आईपीओ मङ्सिर ११ गते बाँडफाँट भएको थियो । १ लाख १४ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका हुन् ।
कम्पनीले मङ्सिर ८ देखि १२ गतेसम्म अंकित मूल्यमा ११ लाख ४८ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।