काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फागुन महीनामा सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । विशेषगरी कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी कार्यक्रम गरिएको बताइएको छ । यस कार्यक्रमअन्तर्गत व्यावसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषयवस्तु समेटिएको बताइएको छ ।
कार्यक्रमका सहभागीले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका द्विविधा हट्ने र भविष्यमा आइपर्ने जोखिमलाई समयमैै व्यवस्थापन गर्न सहजीकरण हुने बताएका थिए । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस किसिमका कार्यक्रम विगतमा पनि सञ्चालन गर्दै आएको बताइएको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारणा हट्ने र वास्तविक सूचना जनसमुदाय माझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहने धारण बैंकको छ ।